Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

जिप दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

जिप दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते


  • 2.4K
    Shares

    जिप दुर्घटनामा एक जनाको मृत्यु, अर्का घाइते

    पर्वतको महाशिला गाउँपालिकामा जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ। गए राति भएको दुर्घटनामा अर्का  एक व्यक्ति घाइते छन्। 

    सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग २ च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो।

    चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको ज्यान गएको हो। गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिए। 

    घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।  

    प्रकाशित मिति :चैत्र २८ २०७९ मंगलवार - १०:०१:४१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij