Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

सांसद श्रेष्ठको अडिओ प्रकरण: रास्वपाले संसदमा माग्यो माफी

सांसद श्रेष्ठको अडिओ प्रकरण: रास्वपाले संसदमा माग्यो माफी


  • 2.1K
    Shares

    सांसद श्रेष्ठको अडिओ प्रकरण: रास्वपाले संसदमा माग्यो माफी
    images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो पार्टीका सांसद ढाकाकुमार श्रेष्ठ र दुर्गा प्रसाईबीच भएको २ करोड डिलको अडियो प्रकरणबारे माफी मागेको छ । सोमबार प्रतिनिधिसभा बैठकमा रास्वपा संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारले उक्त घटनाले प्रतिनिधिसभा सदस्यको सम्मानमा परेको चोटप्रति क्षमा मागेका हुन् ।

    ‘हाम्रो प्रतिनिधिसभा सदस्यमार्फत तपाईहरुको सम्मानमा परेको चोटप्रति क्षमा चाहन्छौं’ उनले भने, ‘संसदको गरिमा बढाउने रास्वपाको अभियानमा हामी अक्षुण रहनेछौं । यो घटनाले विचलित हुने छैनौं । राष्ट्रिय पार्टीहरु यस्ता घटनाबाट टाढा रहनुपर्छ ।’
     
    तर, यस्तो घटना पहिलो पटक भने नभएको उनको भनाइ छ । ‘नेपालको राजनीतिमा यो घटना पहिलो भने होइन । यस्ता घटना विगतमा पनि भएका छन् । ती सबैको सत्यतथ्य छानविन हुन सक्यो भने अझै लोकतन्त्रप्रतिको हाम्रो प्रतिवद्धता अझ प्रतिवद्ध हुन्छ भन्ने हामीलाई लाग्दछ’ प्रमुख सचेतक परियारले भने ।

    रास्वपाले श्रेष्ठलाई जिम्मेवारीबाट मुक्त गरी ७२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन दिएको र पार्टीको अनुशासन समितिले छानबिन गरिरहेको परियारले संसदमा जानकारी गराएका छन् ।

    संसदमा परियारले राखेको भनाई जस्ताको तस्तैः
    रास्वपाको समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सांसद ढाकाकुमार श्रेष्ठको हालै सञ्चारमाध्यमबाट सार्वजनिक भएको टेलिफोन संवादलाई हाम्रो पार्टीले गम्भीर रुपमा लिएको छ। उक्त टेलिफोनवार्ता सार्वजनिक भएसँगै हाम्रो पार्टीले उक्त सम्बन्धमा सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन आयोग तथा आचरण समितिलाई निर्देशन दिएको छ। यो छानबिन नसकिने बेलासम्म सांसद तथा पार्टीका साधारण सदस्यका हैसियतले समेत कुनैपनि काम कारबाही नगराउन समेत निर्देशन दिएको छ। 

    हामी यहाँ बैठक बसिरहँदा सम्भवतः उहाँको स्पष्टिकरण आइसकेको होला। छानबिनको प्रक्रिया अघि बढ्यो होला भन्ने सभामुखसमक्ष जानकारी राख्न चाहन्छु। 

    रास्वपा भ्रष्टाचार र सुशासनलाई आफ्नो प्रमुख अभियान ठान्दछ। रास्वपा लोकतन्त्र र संविधानवाद र विधिलाई मान्दछ। यसो भनिरहँदा भ्रष्टाचारीको कुनै जाति र वर्ग हुँदैन भन्ने हामीलाई लाग्छ। यसलाई रास्वपाले गम्भीर रुपमा लिएको छ। नेपालको राजनीतिमा यस्ता घटना पहिलो भने होइन। यस्ता घटना विगतमा पनि भएका छन्। तर ती सबैको सत्यतथ्य छानबिन भयो भने लोकतन्त्रप्रतिको प्रतिवद्धता अझै प्रतिवद्ध हुन्छ। 

    सभामुखमार्फत माननीय प्रतिनिधिसभा सदस्यका कारणले तपाईंहरुमा परेको चोटप्रति माफी चाहन्छौं। यो सम्मानीत संसदको गरिमा बनाउने रास्वपाको यो अभियानमा हामी अक्षुण रहनेछौं र  यो घटनाले हामीलाई कतिपनि विचलित गराउँदैन भन्नेमा हामी विश्वास दिलाउँछौं। संसदीय दलभित्र रहेका राष्ट्रिय पार्टीहरू यस्ता घटनाबाट पर रहनुपर्छ र लोकतन्त्रलाई अझै सुढृढ  बनाउनपर्छ। रास्वपाका तर्फबाट संसदको गरिमामा पर्न गएको मानमर्दनलाई क्षमाप्राथि भन्दै मेरो यो कुरा टुंग्याउँछु।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - १३:४२:०५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij