Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

शिक्षक सरुवा र तलब समयमा दिने सवालमा सरकारले कुरा सुनेन : बालेन शाह

शिक्षक सरुवा र तलब समयमा दिने सवालमा सरकारले कुरा सुनेन : बालेन शाह


  • 2.2K
    Shares

    शिक्षक सरुवा र तलब समयमा दिने सवालमा सरकारले कुरा सुनेन : बालेन शाह
    images

    काठमाडौं । सिंहदरबारको फोहोर नउठाने निर्णय गरेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले शिक्षक सरुवा र शिक्षकलाई तलब दिने सम्बन्धमा संघीय सरकारले कुरा नसुनेको बताएका छन् । काठमाडौं महानगरपालिकाले फोहोर नउठानुको कारण खुलाउँदै १४ बुँदामा उल्लेख गरेका उनले शिक्षा मन्त्रालयसँग समन्वय र समन्वय भएका कुराहरु कार्यन्वयन गर्न मुस्किल भएको उल्लेख गरेका छन् ।

    प्रमुख शाहले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका दुई मन्त्रीसँग सरकारी विद्यालयका लागि डिजिटल टिभी, शिक्षक सरुवा तथा शिक्षकलाई समयमै तलब दिने सम्बन्धमा विभिन्न चरणमा कुरा हुँदा पनि कुरा अगाडि नबढेको सामाजिक सञ्जाल मार्फत जानकारी गराएका छन् ।

    संघीय सरकारले स्थानीय सरकारसँग समन्वय गर्न चाहेको पटक्क महसुस हुन्न । पटक पटकको कोशिसले ९ महिनामा पटक पटक पहल गर्दा पनि समन्वय गर्न र समन्वय भएका कुराहरु कार्यान्वयन गर्न मुस्किल परेको अवस्था छ प्रमुख शाहले लेखेका छन् ।

    प्रकाशित मिति :चैत्र २७ २०७९ सोमवार - ०७:५८:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij