Logo

२०८२ मंसिर २ गते मंगलवार

२०८२ मंसिर २ गते मंगलवार

एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे: १६ औं दरवारमार्ग सडक महोत्सव हुदैँ, ५० भन्दा बढी स्टल हुने

एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे: १६ औं दरवारमार्ग सडक महोत्सव हुदैँ, ५० भन्दा बढी स्टल हुने


  • 1.7K
    Shares

    एनसेल प्रिजेन्टस् पर्पल स्याटर्डे: १६ औं दरवारमार्ग सडक महोत्सव हुदैँ, ५० भन्दा बढी स्टल हुने
    images

    नयाँ वर्ष ०८० को अवसरमा २ वैशाखमा काठमाडौं दरबारमार्गमा एनसेल प्रिजेन्ट्स पर्पल स्याटर्डे:१६औँ दरबारमार्ग सडक महोत्सव आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ, दरबारमार्ग विकास बोर्ड र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान)ले एनसेलसँगको महोत्सव आयोजना गर्न लागेको हो ।

    आन्तरिक पर्यटनलाई प्रवर्द्धन गरी देशको पर्यटन विकासमा टेवा पुर्‍याउने र नेपाली उत्पादन, नेपाली परिकार र नेपाली संस्कृतिको प्रवर्द्धन गर्ने महोत्सवको मूल उद्देश्य रहेको छ ।  काठमाडौं उपत्यकाभित्रका संस्कृति झल्कने प्रस्तुतिका साथ महोत्सवको शुभारम्भ शनिबार बिहान साढे ११ बजे हुनेछ । महोत्सवमा कलाकारहरू दीपक बज्राचार्य एन्ड रिदम ब्यान्ड, कुटुम्ब, पहेँलो बत्तीमुनि, त्रिशाला गुरुङ, रोहित शाक्य, सिंक्रोनस, लाहुरे र दी एलिमेन्ट्स आदिको प्रस्तुति हुनेछन् । 

    महोत्सवमा शारीरिक रूपमा भिन्न क्षमता भएका उद्यमीहरूले उत्पादन गरेका हस्तकलाका वस्तुहरू र महिला उद्यमीसहित हस्तकला उद्यमीहरूबाट उत्पादित वस्तुहरू प्रदर्शनीमा रहनेछन् । विभिन्न नेपाली खानाका परिकारहरू र स्वदेशी उत्पादनहरूको विशेष प्रदर्शन–प्रस्तुतिका स्टलहरू, बालबालिकाका लागि छुट्टै किड्स जोन महोत्सवको विशेष आकर्षण हुनेछन् ।

    महोत्सवको संरक्षकमा काठमाडौं महानगरपालिका, मुख्य प्रायोजनमा एनसेल, सहप्रायोजकमा कार्लबर्ग, वेभरेज पार्टनरमा डाबर नेपाल, सहयोगी संस्था नेपाल पर्यटन बोर्ड र अन्यमा कुनु नेपाल, एनडिज आइसक्रिम र केएफसी रहेका छन् । 

     
     

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - ११:०२:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij