Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

पारिजात सम्मान घोषणा २०८२

पारिजात सम्मान घोषणा २०८२


  • 659
    Shares

    • images
    पारिजात सम्मान घोषणा २०८२

    काठमाडौं । सुप्रसिद्ध साहित्यकार पारिजात सशरीर हाम्रोसामु नभएको तीन दशक भइसकेको छ । यति लामो अन्तरालपछि पनि पारिजातको व्यक्तित्व र सिर्जनाको आयाम भने अझै गरिमामय हुँदै गइरहेको छ ।  

    उनले साहित्यका विविध विधाबाट अभिव्यक्त गरेकोे विचार अझै सशक्त हुँदैछ । साहित्यकार पारिजातका कलात्मक लेखन र वैचारिक दृष्टिकोणहरूले मानिसहरूको मन र मस्तिष्कलाई झन्झन् प्रभावित बनाइरहेका छन् । हामीलाई विश्वास छ, कुनै पनि प्रकारका उत्पीडन, अन्याय र विभेद रहुन्जेल त्यसको प्रतिरोधमा उत्रिएका मानिसहरूले पारिजातका कृतिहरूबाट अझै प्रेरणा लिँदै जाने छन् ।

    हामी प्रत्येक वर्ष पारिजातलाई विभिन्न तरिकाले सम्झिरहेका छौं । कला, सङ्घर्ष र साहित्यमा समर्पित महानुभावहरूलाई सम्मानित गर्दै आइरहेका छौं । यस वर्ष पनि पारिजात बालसाहित्य सम्मान छनोट समिति, पारिजात कला सम्मान छनोट समिति, पारिजात
    सृजन सम्मान छनोट समिति र पारिजात सङ्घर्षशील महिला सम्मान छनोट समितिले आआफ्ना समितिअन्तर्गत रहेका छनोट मापदण्डभित्र रही गरेको निर्णयअनुसार यस केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित प्रतिभाको नाम घोषणा गरेको छ ।

    पारिजात सम्मान–२०८२ बाट सम्मानित प्रतिभाहरू:
    १. पारिजात बालसाहित्य सम्मान– २०८२ बाट बालसाहित्यकार रामबाबु सुवेदी
    २. पारिजात कला सम्मान– २०८२ बाट गीतकार तथा सङ्गीतकार शरद पौडेल
    ३. पारिजात सृजन सम्मान– २०८२ बाट नवीन विभास
    ४. पारिजात सङ्घर्षशील महिला सम्मान– २०८२ बाट देवी खड्का

    वि.सं. २०८३ वैशाख ५ गते पारिजातको स्मृति दिवसमा उक्त सम्मानहरू समर्पण गरिने छ । यसै गरी साहित्यकार पारिजातको ९२ औं जन्मजयन्तीको दिनमा हामीले पारिजात परिसंवाद कार्यक्रम गर्दै आइरहेका छौ । यस वर्ष ‘प्रा.डा. सँग महेश मास्के पारिजात परिसंवाद’को कार्यक्रम रहेको छ ।

    प्रकाशित मिति :चैत्र १ २०८२ आइतवार - १४:०१:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij