Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

यस्ता तीनवटा प्रमाणका आधारमा भागरथीका हत्यारालाई प्रहरीले पार्यो जालमा, थप के भन्छन् डीआईजी 

यस्ता तीनवटा प्रमाणका आधारमा भागरथीका हत्यारालाई प्रहरीले पार्यो जालमा, थप के भन्छन् डीआईजी 


  • 8.8K
    Shares

    यस्ता तीनवटा प्रमाणका आधारमा भागरथीका हत्यारालाई प्रहरीले पार्यो जालमा, थप के भन्छन् डीआईजी 
    images

    बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया भागरथी भट्टको हत्या आरोपीलाई ३ वटा प्रमाणका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालय बैतडीमा बुधवार दिउँसो पत्रकार सम्मेलन गर्दै प्रहरीले आरोपी त्यस क्षेत्रमा गएको देख्ने मानिस, लोकेसन ट्र्याक र स्वीकारी बयानका आधारमा पक्राउ गरिएको जानकारी दिएको हो ।

    प्रहरीले सोही गाउँका १६ वर्षीय दिनेश भट्टलाई पक्राउ गरेको छ ।

    ‘हामीले आरोपित व्यक्तिको लोकेसन, आइ विट्नेस र स्वीकारी बयानका आधारमा पक्राउ गरेका हौं,’ सुदुरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘आरोपितको बारम्बारको बयान बाझिएको र उसले गरेको गतिविधिले पुष्टि गरेको हो ।’

    पत्रकार सम्मेलनमा बोल्दै डीआईजी सुवेदीले चारैतर्फको दबाबका बावजुद घटनाको अनुसन्धानमा सफलता मिलेको बताए । 

    ‘अनुसन्धानकै क्रममा रहेकाले बलात्कारपछि हत्या या हत्यापछि भन्ने एकिन भएको छैन,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘यो त प्रारम्भिक अनुसन्धान हो, अरू अनुसन्धान हुन बाँकी नै छ ।’

    प्रहरीका अनुसार अन्य प्रमाणहरू विधिविज्ञान प्रयोगशालामा पठाइएको र त्यसको रिर्पोट आएपछि थप कुरा खुल्ने बताएको छ ।‘फरेन्सिक ल्याबमा पठाएका छौं, त्यो आएपछि सार्वजनिक गर्छौं,’ डीआईजी सुवेदीले भने ।

    निजका गतिविधि, पोजिसन, साथीहरूको भनाइ आदिले उसको संलग्नता पुष्टि हुने प्रहरीको दाबी छ ।

    ‘अनुसन्धानका क्रममा प्रमाण भेटेर पक्राउ गरेका हौं । उमेरका सम्बन्धमा पनि अनुसन्धान गर्दैंछौं,’ डीआईजी सुवेदीले पत्रकार सम्मेलनमा भने, ‘थप व्यक्ति छ कि छैन भन्ने अनुसन्धान गर्दैछौं ।’

    गत माघ २१ गते विद्यालयबाट फर्किनेक्रममा बेपत्ता भएकी भागरथीको शव २२ गते स्थानीय लबलेक सामुदायिक बनको जंगलमा फेला परेको थियो । घटना भएको १४ दिनपछि प्रहरीले अभियुक्त सार्वजनिक गरेको हो ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १५:३८:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij