Logo

२०८२ चैत्र १ गते आइतवार

२०८२ चैत्र १ गते आइतवार

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा, तेस्रो नम्बरमै पालो

सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा, तेस्रो नम्बरमै पालो


  • 1.8K
    Shares

    • images
    सन्दीपविरुद्धको मुद्दा न्यायाधीश शंकरराज बरालको इजलासमा, तेस्रो नम्बरमै पालो

    काठमाडौँ । नेपाली क्रिकेट टोलीको पूर्व कप्तान सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणीको मुद्दामाथि आज सुनुवाइ हुँदैछ । जिल्ला अदालत काठमाडौँले आजका लागि मुद्दाको पेसी तोकेको हो ।

    काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश सङ्कर राज बरालको इजलासमा उक्त मुद्दाको सुनुवाइ हुन लागेको हो। यसअघि चैत २२ गते सुनुवाइका लागि पेशी तोकिए पनि समयअभावका कारण सुनुवाइ हुन सकेन। आज तेस्रो नम्बरमा रहेकाले उक्त मुद्दामा सुनुवाइ हुने सम्भावना छ।

    गौशाला–२६ ले बलात्कारको उजुरी दिएपछि गत असोज २० गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेका सन्दीप पुस २९ मा २० लाख धरौटी बुझाएर रिहा भएका थिए ।

    उच्च अदालत पाटनका न्यायाधीश ध्रुवराज नन्द र रमेश ढकालले पाँच बुँदे सर्तसहित उनलाई रिहा गर्न आदेश दिएका थिए । उच्च अदालतले जिल्ला अदालत काठमाडौँले गरेको पुर्पक्षका लागि थुनामा पठाएको आदेश बदर गरेको थियो ।

    सर्वोच्च अदालतले लामिछानेलाई अदालतलाई जानकारी गराएर विदेशमा खेल्न जान अनुमति दिएको थियो । अब, उनको मुद्दामा जिल्ला अदालतबाट अन्तिम सुनुवाइ हुँदैछ ।

    प्रकाशित मिति :चैत्र २६ २०७९ आइतवार - १०:२५:१६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij