Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक वितरण सुरु

नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक वितरण सुरु


  • 4.6K
    Shares

    नयाँ शैक्षिक सत्रको लागि पाठ्यपुस्तक वितरण सुरु
    images

    काठमाडौँ । नयाँ शैक्षिक सत्रको लागि जनक शिक्षा सामग्री केन्द्रले विद्यालय तहका पाठ्यपुस्तक वितरण सुरु गरेको छ । नयाँ शैक्षिक सत्र आउँदो वैशाख २ गतेबाट सुरु हुँदैछ । केन्द्रले भक्तपुरको सानोठिमीसहित आठवटै क्षेत्रीय कार्यालयबाट पुस्तक वितरण सुरु गरेको हो ।

    यस पटक भर्नासँगै विद्यार्थीको हातमा पनि पुस्तक पुर्‍याउने लक्ष्य केन्द्रले लिएको छ । केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले प्रादेशिक कार्यालयले पहिलो चरणमा हिमाली जिल्ला, दोस्रोमा पहाडी र दुर्गम तथा अन्तिम चरणमा सुगम जिल्लामा पाठ्यपुस्तक बिक्री गरिने जानकारी दिए । उनका अनुसार आठवटै प्रदेश कार्यालयले एक हजार २६७ बिक्रेतामार्फत पाठ्यपुस्तक ढुवानी र बिक्री गरिनेछ ।

    वैशाख ५ गतेभित्र देशैभरका सबै विद्यालयमा पाठ्यपुस्तक पुर्‍याइसक्ने केन्द्रको दाबी छ । यस पटक केन्द्रलाई कक्षा ६ देखि १० सम्मको पाठ्यपुस्तक छापेर बिक्री गर्ने जिम्मा दिइएको छ । जसका लागि एक करोड ५० लाख थान पाठ्यपुस्तक छाप्नुपर्ने हुन्छ । उनले  छाप्नुपर्नेमध्ये  एक  करोड  ४०  लाख थान पाठ्यपुस्तक छपाइ पूरा गरेको दाबी गरे । यो समाचार आजको गोरखापत्रमा छ ।

    प्रकाशित मिति :चैत्र २५ २०७९ शनिवार - ०५:१६:०४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij