२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनका विषयमा गठन गरेको एमिकस क्युरीका सदस्यले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्न सुझाव दिएका छन् । बुधबार एमिकस क्युरीको बहसका क्रममा वरिष्ठ अधिवकुता सतिशकृष्ण खरेलले अराजकता रोक्न सर्वोच्च अदालतलाई आग्रह गरेका हुन् ।
‘‘प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्नुभयो, यो संविधानमा प्रधानमन्त्रीको अधिकार साइलेन्ट छ भन्दिने अनि उहाँले संसदीय व्यवस्था नै खारेज गरिदिनुभयो भने के भन्ने ?’’ वरिष्ठ अधिवक्ता खरेलले भने, ‘‘त्यसैले मलाई विश्वास छ, सम्मानित सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन सिफारिसको निर्णय असंवैधानिक घोषणा गर्नेछ ।’’
उनले प्रधानमन्त्रीको संविधानमै नभएका अधिकार कुन व्यवस्था भन्ने नाममा ‘साइलेन्ट’ छन् भन्दै जाने हो भने त्यसले अराजकता ल्याउने दाबी गरे । सर्वोच्चले कार्यकारीको अराजकता रोक्न भूमिका निर्वाह गर्ने उनको विश्वास छ ।
‘‘संसद् पुनःस्थापना भयो भने एक हिसाबले जान्छ । तर, पुनःस्थापना भएन भने त्यसपछिको चुनावले स्थिरता दिन सक्छ भन्ने मलाई लाग्दैन,’’ उनले भने । प्रधानमन्त्रीले भटाभटी कानुन बनाउँदै आफूखुसी अध्यादेशबाट चल्न थालेको विषयमा पनि उनले प्रश्न उठाए ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij