२०८२ भाद्र ७ गते शनिवार
काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेश सभा बैठक स्थगित भएको सूचना टाँस गराएर ‘मोबाइल अफ गरेर गायब’ भएका छन्।
प्रदेश सभाको बैठक बुधबार दिउँसो २ बजेका लागि बोलाइएको थियो। पुष्कमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले मंगलबार राति नै काग्रेससँग मिलेर अविश्वास प्रस्ताव पास गर्ने रणनीतिमा लागेपछि सभामुख मोबाइल अफ गरेर भागेका हुन्।
‘हामी सभा बोलाउन सभामुखलाई खोज्न उहाँकै निवासमा गयौं। त्यहाँ पनि हुनुहुन्न। फोन अफ छ’ प्रदेश सांसद अष्टलक्ष्मी शाक्यले भनिन्, ‘सभालाई हेन्डल गर्न नसक्नेले किन जिम्मेवारी लिनुपर्यो ?’
आफूहरूले सभामुखलाई भेटेर कुरा राख्न खोजेपनि नसकेको शाक्यले बताइन्। सभा नबोलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले दबाब दिएपछि सभामुख फोन अफ गरेर गायब भएका उनको आरोप छ। सभामुख श्रेष्ठ ओली निकट हुन्।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij