Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

संसद विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : वरिष्ठ अधिवक्ता खरेल

संसद विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : वरिष्ठ अधिवक्ता खरेल


  • 5.9K
    Shares

    संसद विघटन राजनीतिक होइन, संवैधानिक प्रश्न हो : वरिष्ठ अधिवक्ता खरेल
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय रहेको वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले बताएका छन् । प्रतिनिधिसभा विघटनको मुद्दामा बुधबार एमिकस क्युरीका तर्फबाट राय दिँदै उनले प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न भएको बताएका हुन् । वरिष्ठ अधिवक्ता सतीशकृष्ण खरेलले प्रतिनिधिसभा विघटन राजनीतिक नभई संवैधानिक विषय भएको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन राजनीतिक विषय भएकाले कानुनी ‘रिभ्यु’ हुन नहुने लिखित जवाफ पेस गरेका थिए । उनले सार्वजनिक अभिव्यक्तिमा पनि आफूले राजनीतिक कदम चालेकाले अदालतले त्यसमा हात हाल्न नहुने भनेका थिए ।

    ‘प्रतिनिधिसभा विघटन संवैधानिक प्रश्न हो । कसलाई मन्त्री नियुक्त गर्ने भन्नेमा प्रधानमन्त्रीको राजनीतिक निर्णय हुन्छ तर संसद् विघटन राजनीतिक विषय होइन । यसलाई राजनीतिक प्रश्न भन्न मिल्दैन, यो संवैधानिक विषय हो,’ अधिवक्ता खरेलले भने ।

    संसद् पुनःस्थापना भए अर्को प्रधानमन्त्री बन्ने विकल्प छ कि छैन भन्ने विषय भने राजनीतिक भएको खरेलले बताए । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् ।

    त्यस निर्णयका विरुद्ध सर्वोच्च अदालतमा १३ वटा निवेदन परेका थिए । ती निवेदनमाथि माघ ४ देखि सर्वोच्च अदालतको संवैधानिक इजलासमा नियमित सुनुवाइ भइरहेको छ ।

    प्रकाशित मिति :फाल्गुण ५ २०७७ बुधवार - १३:२०:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij