२०८२ भाद्र २ गते सोमवार
भारतमा फेरि कोरोना संक्रमण फैलिने क्रम तीव्र रूपमा बढिरहेको छ। संक्रमणका कारण मृत्यु हुने दर पनि बढेको भारतीय पत्रिका अमरउजालाले उल्लेख गरेको छ।
उक्त पत्रिकाका अनुसार भारत यसअघि नै हरेक दिन नयाँ बिरामी थपिनेमा विश्वका शीर्ष १० देशको सूचीमा परेको थियो। अब मृत्युका हिसाबले पनि भारत शीर्ष १० देशमा परेको छ।
तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा भारतमा थप ४ हजार ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यो पछिल्ला १६३ दिनको तथ्यांकमा सबैभन्दा बढी हो। योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २३ हजार ९१ पुगेको छ। उनीहरू उपचाररत छन्।
४ दिनमा ४० जनाको मृत्यु
भारतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या पनि बढेको छ। संक्रमणका कारण पछिल्लो २४ घण्टामा १५ जनाको ज्यान गएको छ। जसमध्ये केरला र महाराष्ट्रमा चार–चार जनाको मृत्यु भएको छ। छत्तीसगढ, दिल्ली, गुजरात, हरियाणा, कर्नाटक, पुडुचेरी र राजस्थानमा एक–एक जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्। कोरोना संक्रमणका कारण भारतमा हालसम्म पाँच लाख ३० हजार ९१६ जनाको मृत्यु भइसकेको छ।
तथ्यांक हेर्दा पछिल्लो चार दिनमा मृत्युदर २०० प्रतिशतले बढेको अमरउजालाले उल्लेख गरेको छ। यस अवधि ९पछिल्लो ४ दिन० मा मात्र कोरोना संक्रमणका कारण ४० जनाको ज्यान गएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij