Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रमेश खरेल पनि रास्वपा प्रबेश, यी हुन् तीनै क्षेत्रका सम्भावित उम्मेदवार

रमेश खरेल पनि रास्वपा प्रबेश, यी हुन् तीनै क्षेत्रका सम्भावित उम्मेदवार


  • 2.6K
    Shares

    रमेश खरेल पनि रास्वपा प्रबेश, यी हुन् तीनै क्षेत्रका सम्भावित उम्मेदवार

    रमेश खरेल पनि राष्ट्रिय स्वतन्त्र पार्टीमा जोडिएका छन्।

    रास्वपाले वैशाख १० गते हुने उपनिर्वाचनका लागि खरेलको नाम बारा क्षेत्र नम्बर २ बाट सम्भावित उम्मेदवारका रूपमा बिहीबार राति सार्वजनिक गरेको हो। बारा २ बाट अब खरेल रास्वपा उम्मेदवार हुने करिब पक्का भएको छ। त्यहाँका लागि खरेलसँगै युवराज न्यौपानेको नाम रास्वपाले सम्भावित उम्मेदवारका रूपमा सार्वजनिक गरेको छ।

    उता चितवन २ मा सभापति रवि लामिछानेको नाम मात्रै रास्वपाले सार्वजनिक गरेको छ।

    तनहुँ १ मा रास्वपाले बिहीबार मात्रै कांग्रेस छाडेका डा. वाग्ले र ईश्वर लामिछानेको नाम सार्वजनिक गरेको छ। तर त्यहाँ वाग्लेले टिकट पाउने निश्चित छ। तनहुँ १ मा कांग्रेसले गोविन्दराज भट्टराईलाई उठाउने भएको छ। एमालेले काठमाडौं ६ मा पराजित सर्वेन्द्र खनाललाई उठाउने सम्भावना बलियो छ।

    चितवन २ मा सभापति लामिछानेको मात्रै नाम सार्वजनिक भएपछि अब उनै उठ्ने छन्। 

     

    raswapa-candidate_xCITLKmxUb.jpeg

    प्रकाशित मिति :चैत्र १७ २०७९ शुक्रवार - ०५:१०:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij