Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड


  • 1.7K
    Shares

    आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गर्ने लक्ष्य छ : प्रधानमन्त्री प्रचण्ड

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सकेसम्म आजै मन्त्रिपरिषद् विस्तार गरेर शपथग्रहण गराउने आफ्नो लक्ष्य रहेको बताएका छन्। 

    चितवनमा भरतपुर विमानस्थलको नयाँ टर्मिनल भवनको शिलान्यास कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन्। 

    ‘मैले धेरै भन्न सम्भव भएन। सकेसम्म यहाँबा १ बजेसम्म फर्कने र आजै मन्त्रिमण्डल विस्तार गरेर शपथग्रहण गराउने मेरो लक्ष्य छ,’ उनले भने, ‘आज सकिएन भने भोलि बिहान होला। काम त हाम्रो सकिएकै छ।’

    एक दुई वटा मन्त्रालयमा केही मिलाउन बाँकी भएपनि धेरैभन्दा धेरै विषय मिलिसकेको प्रधानमन्त्री प्रचण्डले दाबी गरे। ‘थोरै मिलाउन बाँकी छ। धेरै टुंगिएको छ। यो हामी सबैको लागि खुशीको कुरा हो।,’ प्रचण्डले भने। 

    प्रचण्ड सत्ता गठबन्धनको बैठकमा सहभागी भएर हेलिकोप्टरमार्फत चितवन गएका थिए। 

    प्रकाशित मिति :चैत्र १६ २०७९ बिहिवार - ११:१०:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij