Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने


  • 2.3K
    Shares

    एकीकृत समाजवादीबाट बेदुराम भुसाल र प्रकाश ज्वाला मन्त्री बन्ने

    काठमाडौं । नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष बेदुराम भुसाल र उपमहासचिव प्रकाश ज्वाला मन्त्री बन्ने भएका छन् ।

    बुधबार बसेको सचिवालय बैठकले दुई मन्त्रीको नाम टुंग्याएको हो । यद्यपि सार्वजनिक रुपमा भने एकीकृत समाजवादीका नेताहरुले तीन मन्त्रालयको दाबी छाडेका छैनन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने दुई मन्त्रालय लिएर सरकारमा आउन प्रस्ताव गरेका छन् । साथै पहिलो चरणमा एक जनाको नाम पठाउन भनेका छन् । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार एकीकृत समाजवादीबाट पहिलो चरणमा भुसाल मन्त्री बन्नेछन् । उनले शिक्षा, कृषि वा श्रम मन्त्रालयमध्ये एक पाउने बताइएको छ ।

    ज्वालालाई भने भौतिक पूर्वाधार तथा यातायातमन्त्री बनाउने एकीकृत समाजवादीको तयारी छ ।

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - १६:२७:३७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij