Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मन्त्री बन्नेको नाम तयार छ, प्रधानमन्त्रीले माग्नेबित्तिकै दिन्छौँ तर तीन मन्त्रालय चाहिन्छ: एकीकृत समाजवादी

मन्त्री बन्नेको नाम तयार छ, प्रधानमन्त्रीले माग्नेबित्तिकै दिन्छौँ तर तीन मन्त्रालय चाहिन्छ: एकीकृत समाजवादी


  • 2.3K
    Shares

    मन्त्री बन्नेको नाम तयार छ, प्रधानमन्त्रीले माग्नेबित्तिकै दिन्छौँ तर तीन मन्त्रालय चाहिन्छ: एकीकृत समाजवादी

    काठमाडौँ । नेकपा एकीकृत समाजवादीले तीन वटा मन्त्रालय पाउने ग्यारेन्टी नगरेसम्म मन्त्रीको नाम नपठाउने भएको छ । बुधवार बसेको सो पार्टीको आकस्मिक केन्द्रीय सचिवालय बैठकले यस्तो निर्णय गरेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए । 

    ‘तीन वटा मन्त्रालय हामीले पाउनुपर्छ भनेका छौँ, अहिले तीन वटा मन्त्रालय पाउने निश्चित नभएको र मन्त्रालयको पनि टुङ्गो नलागेकाले हामी प्रधानमन्त्रीको उत्तरको प्रतीक्षामा बसेका छौ’ बैठकपछि खतिवडाले भने, ‘जवाफ आएपछि जुनसुकै बेला निर्णय गर्छौ ।’

    उनले प्रधानमन्त्रीले एक जनाको नाम मागे पनि आफूहरूलाई तीन वटा मन्त्रालय नदिएसम्म नाम डिस्क्लोज नगर्ने बताए ।

    यद्यपि नेकपा समाजवादीले डा. बेदुराम भुसाल, प्रकाश जवाला र भानुभक्त जोशीलाई मन्त्री बनाउने यसअघि नै निर्णय गरिसकेको छ ।

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - १५:१३:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij