Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

माओवादी छाडेर जनमतमा प्रवेश गरेका शिवचन्द्र कुशवाह बारा २ को उपनिर्वाचनमा उपेन्द्रसँग प्रतिस्पर्धा गर्ने घोषणा

माओवादी छाडेर जनमतमा प्रवेश गरेका शिवचन्द्र कुशवाह बारा २ को उपनिर्वाचनमा उपेन्द्रसँग प्रतिस्पर्धा गर्ने घोषणा


  • 2.2K
    Shares

    माओवादी छाडेर जनमतमा प्रवेश गरेका शिवचन्द्र कुशवाह बारा २ को उपनिर्वाचनमा उपेन्द्रसँग प्रतिस्पर्धा गर्ने घोषणा

    सत्तारुढ नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी त्यागेका छन्। उनी बुधबार नै काठमाडौंमा पत्रकार सम्मेलन गरेर डा. सीके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन्।

    कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले एक कार्यक्रमबीच पार्टीमा स्वागत गरेका छन्। रिपोर्टर्स क्लब आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका हुन्। आगामी वैशाख १० गते हुने बारा–२ को उपनिर्वाचनमा कुशवाहा जनमत पार्टीबाट उम्मेदवार हुने निश्चित भएको छ पार्टी प्रवेशका क्रममा कुशवाहले आफूलाई माओवादीभित्र सधैँ अन्याय गरिएको गुनासो गरे।

    कुशवाह ०६४ को संविधानसभामा निर्वाचित भएका थिए। गत मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा उनी जसपाका रामसहाय प्रसाद यादवसँग बारा २ मै पराजित भएका थिए। यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि रिक्त उक्त क्षेत्रमा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ। जहाँ जसपा अध्यक्ष उपेन्द्र यादव उठ्ने भएका छन्।

    कुशवाहले उनै यादवविरुद्ध चुनावी मैदानमा उत्रिने निर्णयसहित जनमत पार्टी रोजेका हुन्।

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - ११:३५:५२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij