Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मोहन वैद्यसहित तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

मोहन वैद्यसहित तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै


  • 2.0K
    Shares

    मोहन वैद्यसहित तीन कम्युनिस्ट पार्टीबीच एकता हुँदै

    काठमाडौँ । तीन साना कम्युनिस्ट पार्टीबीच एकता हुने भएको छ । मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमत तथा मोहनविक्रम चन्द नेतृत्वको मसालबाट विद्रोह गरेको सन्तबहादुर नेपालीको नेकपा मशाल पार्टीबीच एकता हुने भएको छ ।

    आगामी चैत २१ गते काठमाडौँमा एक कार्यक्रमबीच एकता घोषण गरिने क्रान्तिकारी माओवादीका एक नेताले बताए । उनका अनुसार एकतापछि तीन जना अध्यक्ष रहने अध्यक्ष मण्डलको व्यवस्था गरिनेछ । अध्यक्षको मण्डलको संयोजकमा वैद्य रहनेछन् ।

    यसअघि नै नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा बहुमतबीच एकता गर्ने सहमति भइसकेको थियो । गत साउन २० गते बसेको दुई पार्टीको संयुक्त बैठकले एकता प्रक्रियालाई अघि बढाउन संयोजन समिति पनि गठन गरिएको थियो । वैद्य र बास्तोलाले संयुक्त विज्ञप्ति नै जारी गरेर एकता प्रक्रियामा सामेल हुन पार्टीको संगठन र नेता–कार्यकर्तालाई आह्वान गरेका थिए ।

    प्रकाशित मिति :चैत्र १५ २०७९ बुधवार - ०९:१४:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij