२०८२ माघ १४ गते बुधवार
मन्त्रालय भागबन्डामा सहमति जुटाउन आज (बुधबार) पनि सत्ता गठबन्धनको बैठक बस्दै छ।
हिजो (मंगलबार) बैठक बसे पनि बिनाष्किर्ष टुंगिएपछि सत्ता गठबन्धनका दलबीच पुनः आज पनि छलफल हुने भएको हो। एक नेताका अनुसार बैठक आज बिहान ९ बजे प्रधानमन्त्री निवास (बालुवटार) मै बस्नेछ। सत्तारुढ १० दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन।
हिजोको छलफलका क्रममा कांग्रेसले ९, जनता समाजवादी पार्टी )जसपा) र नेकपा एकीकृत समाजवादीले ३/३ तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले २ मन्त्रालयमा दाबी गरेका छन्। यस्तै हिजोको बैठकमा सरकारको साझा न्यूनतम कार्यक्रम वितरण भएको अर्का एक नेताले जानकारी दिएका छन्।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij