Logo

२०८२ मंसिर १२ गते शुक्रवार

२०८२ मंसिर १२ गते शुक्रवार

शेयर बजारमा नयाँ रेकर्ड, १० अर्ब बढीको कारोबार

शेयर बजारमा नयाँ रेकर्ड, १० अर्ब बढीको कारोबार


  • 6.7K
    Shares

    शेयर बजारमा नयाँ रेकर्ड, १० अर्ब बढीको कारोबार
    images

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको तेस्रो दिन आज (मंगलबार) दोहोरो अंकले बढेको छ । सोमबार ९२.४२ अंकले बढेर दुई हजार पाँच सय ८६ दशमलब १ विन्दुमा पुगेर नयाँ रेकर्ड राखेको थियो ।
     
    नेप्सेका अनुसार आज १५.५० अंकले नेप्से बढेर दुई हजार छ सय १ दशमलब ५१ विन्दुमा पुगेको छ । आज कारोबार शुरु भएको केहि बेरमै नेप्से २६ सय ३१ विन्दु पार गरेको थियो ।   

    त्यस्तै, आज नेप्सेमा १० अर्ब ३ करोड ५४ लाख बरोबरको कारोबार भएको छ । सोमबार पनि १० अर्ब बढीको कारोबार भएको थियो ।    

    त्यसैगरि, आज कारोबार भएका १२ समूहमध्ये ४ समूह बढेका छन् भने अन्य सबै समूह घटेका छन् । आज कारोबार भएका ६ कम्पनीको शेयरमूल्य उच्च बृद्धि भएको छ । 

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १६:१५:३२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij