Logo

२०८२ भाद्र ७ गते शनिवार

२०८२ भाद्र ७ गते शनिवार

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने ‘क्लीयर’ छ भन्दै यसरी कड्किए वकिल 

प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने ‘क्लीयर’ छ भन्दै यसरी कड्किए वकिल 


  • 6.1K
    Shares

    प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने ‘क्लीयर’ छ भन्दै यसरी कड्किए वकिल 
    images

    काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीको तर्फबाट राय दिँदै वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्कीले प्रतिनिधिसभा विघटन प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गर्ने ‘क्लीयर’ रहेको बताएका छन् ।

    मंगलवारको बहसका क्रममा कार्कीले संविधानको धारा ७६ बारे समेत बोलेका छन

    ‘धारा ७६ अनुसार सरकार बनाउन सकेन भने संसद अटोमेटिक डिजोलुसन हुने हो । सरकार बनायो र सरकार फेल भयो भने अर्को सरकार बनाउन पाउनुपर्‍यो,’ उनले भने, ‘यो दुईवटा सिद्धान्तलाई आधार मानेर धारा ७६ लेखिएको हो ।’

    अर्को सरकार बनाउनै सकेन भने संसदको असफलता हुने भएकाले विघटन हुने कार्कीले बताए । उनले भने, ‘३० दिन लेख्या छ नि १३० दिनभित्र सरकार गठन प्रक्रिया शुरू हुनुपर्छ लेख्या छ । त्यहाँ बनेन भने ७६ (७) सम्म गएको छ । फेलियर अफ पार्लियामेन्ट ।’

    संविधानको धारा ८५ मा लेखिएको ‘अगावै विघटन भएकोमा बाहेक’ धारा ७६९७० सँग मात्रै संविधान नभएको उनले बताए । त्यससँग मात्रै सम्बन्धित हुन्थ्यो भने धारा ७६(७) बमोजिम अगावै विघटन भएकोमा बाहेक लेखिनुपर्थ्यो भनेर उनले राय दिएका छन् ।

    ‘संसद् विघटन हुने कुरा सिद्धान्ततः यो संविधानले मान्छ,’ उनले भने । कार्कीको बहस जारी रहेको छ ।
     
    सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसमा एमिकस क्युरीका रूपमा नेपाल बार एसोसिएसनबाट ३ र सर्वोच्च अदालत बारबाट २ जना गरी ५ जनालाई अदालतको सहयोगीका रूपमा सहभागी गराइएको छ ।

    एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता कार्कीसहित विजयकान्त मैनाली, सतीशकृष्ण खरेल, पूर्णमान शाक्य र गीता पाठक छन् ।

    प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट परेका छन् । ती रिटहरूमाथि रिट निवेदक पक्ष, विपक्षी र रिट निवेदकको जवाफी बहस पनि सम्पन्न भइसकेको छ ।

    प्रकाशित मिति :फाल्गुण ४ २०७७ मंगलवार - १६:०८:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij