२०८२ माघ ८ गते बिहिवार
त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा आवेदन फाराम छुटेका विद्यार्थीहरुका लागि फाराम भर्न तीन दिन समय दिने भएको छ । बैशाख ४ गतेदेखि लिइने परीक्षाको परीक्षा आवेदन भर्न छुटेका विद्यार्थीका लागि फाराम भर्ने समय दिने भएको हो ।
विश्वविद्यालयले बैशाख ४ गतेदेखि शिक्षा शास्त्र, मानविकी, व्यवस्थापन संकाय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान ४ वर्षे स्नतक तह प्रथम वर्षको आंशिक र नियमित परीक्षा दिने परीक्षा फाराम भर्न छुटेका परीक्षार्थीका लागि समय थप गरेको जनाएको छ ।
छुट् परीक्षार्थीहरुले चेत १४ गतेदेखि १६ गतेसम्म फाराम भराई इन्ट्रि समेत गरी साहि मितिको देब्बर दस्तुर तिरेको भौचरका साथ चैत १७ गते सम्बन्धीत परीक्षा नियन्त्रण कार्यालयमा अनिवार्य फाराम बुझाउन सूचित गरेको छ ।

© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij