Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

राहुल गान्धीको सांसद पद खारेजको विरोधमा कांग्रेस सांसदहरुले लगाए कालो पोशाक, बैठक एक मिनेटमै स्थगित

राहुल गान्धीको सांसद पद खारेजको विरोधमा कांग्रेस सांसदहरुले लगाए कालो पोशाक, बैठक एक मिनेटमै स्थगित


  • 1.9K
    Shares

    राहुल गान्धीको सांसद पद खारेजको विरोधमा कांग्रेस सांसदहरुले लगाए कालो पोशाक, बैठक एक मिनेटमै स्थगित

    काठमाडौं । राहुल गान्धीको सांसद पद खारेज गरेको विरोधमा कांग्रेसले लोकसभामा विरोध गरेको छ ।

    सोमबारको लोकसभाको बैठक सुरु हुनासाथ कांग्रेस सांसदहरु सभामुख भएतिर गएका थिए । त्यसक्रममा केहीले कागजको टुक्रा सभामुखतर्फ फालेको देखिन्छ । सोमबारको बैठकमा कांग्रेसका सांसदहरु कालो कपडा लगाएर गएका थिए । कांग्रेसका पूर्व अध्यक्ष सोनिया गान्धी पनि कालो रंगको कपडामा देखिएकी छन् । कांग्रेस सांसदहरुको विरोधका कारण संसद बैठक एक मिनेटमै स्थगित गरिएको छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध अपशब्द प्रयोग गरेको भन्दै राहुल गान्धी विरुद्ध अदालतले दुई वर्ष जेल सजायँ तोकेको थियो । उनी १० हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

    गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ ९१० र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार अदालतले सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको छ ।

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - १३:३९:३० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij