Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा


  • 1.8K
    Shares

    प्रचण्डलाई भेट्न बालुवाटार पुगे देउवा

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको वार्तामा मन्त्रिपरिषद विस्तारमा भएका ढिलाई र मन्त्रालय भागबण्डाबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेका छन्। प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति देउवासँग यही विषयमा प्रधानमन्त्रीले छलफल गरेका हुन्। 

    प्रधानमन्त्रीले कांग्रेसलाई ७ मन्त्री र एक राज्यमन्त्री दिने बताइरहेका छन्। तर, कांग्रेसले ८ मन्त्रालयमा दाबी गरको छ। प्रचण्डले अहिले  १६ मन्त्रालय आफैले सम्हालेका छन्। 

    चैत ६ मा विश्वासको मत पाएका प्रचण्डले सत्तारुढ दलहरूबी भागबण्डा नमिलेर  मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्।

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - ०९:५९:०२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij