Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

आज चैती छठ पर्व मनाइँदै, अस्ताउँदो सूर्यलाई अर्घ दिइने

आज चैती छठ पर्व मनाइँदै, अस्ताउँदो सूर्यलाई अर्घ दिइने


  • 3.2K
    Shares

    आज चैती छठ पर्व मनाइँदै, अस्ताउँदो सूर्यलाई अर्घ दिइने

    चैते दसैँको छैठौँ दिन मिथिलाञ्चलमा आज चैती छठ पर्व मनाइँदै छ। छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले आज अर्घ अर्पण गर्नेछन्।

    गत शुक्रबारदेखि सुरु भएको चैती छठ पर्वको तेश्रो दिन आज अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरिने छ। सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ अर्पण गर्दै पर्वको समापन हुनेछ।कार्तिक महिनामा मनाईने छठ पर्व जतिको संख्यमा श्रद्धालु भक्तजनहरु नभए पनि विस्तारै चैती छठ पर्व गर्नेहरुको संख्या पनि बढ्दै गइरहेको छ। 

    चार दिनसम्म मनाईने यस पर्वको पहिलो दिन नुहाएर चोखो खाने चलन छ भने पञ्चमीका दिन खरना पर्व मनाइन्छ। खरनाको अवसरमा ब्रतालुहरुले निराहार उपवास बसि साँझपख खष्ठी देवीलाई प्रसाद चढाई खाने गर्दछन्। 

    प्रसादमा खीर ,केरा, दुध एवम् विभिन्न प्रकारको फलफुल चढाईने गरिन्छ।
    पर्वको तेश्रो दिन अस्ताउदो सूर्यलाई अर्घ दिन ब्रतालुहरुले साँझ सूर्य अस्ताउने प्रतिक्षा गर्दछन्। त्यस क्रममा सूर्य अस्ताउनु एक घण्टा पूर्व देखिनै ब्रतालुहरु पोखरीमा प्रवेश गरि षष्ठी माताको ध्यान गर्दै सूर्य देवलाई अर्घ दिने गर्दछन्।

    अर्घमा मुला, उँखु,भण्टा, ठकुवा, भुसवा ,केरा,नरिवल लागायतका सामग्रीहरू चढाउने गरिन्छ। सन्ध्या अर्घ पश्चात रात भरि ब्रतालुहरू जागरण बसि भोलीपल्ट चैत्र शुक्ल सप्तमी तिथीका दिन उदाउँदो सूर्यलाई अर्घ दिई पर्वको समापन गर्ने परम्परा रहेको छ। 

    प्रकाशित मिति :चैत्र १३ २०७९ सोमवार - ०९:४६:५१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij