Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

रक्सी खाने मान्छे एमाले हुन सक्दैन: केपी ओली

रक्सी खाने मान्छे एमाले हुन सक्दैन: केपी ओली


  • 2.1K
    Shares

    रक्सी खाने मान्छे एमाले हुन सक्दैन: केपी ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मदिरा सेवन गर्ने मानिस एमालेको कार्यकर्ता हुन नसक्ने बताएका छन्।

    नेकपा (एमाले) जिल्ला कमिटी अर्घाखाँचीले सन्धिखर्कमा गरेको मिसन ग्रासरूट अभियान अन्तर्गत कार्यकर्ता भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई आइतबार सम्बोधन गर्दै ओलीले भने, ‘बेलुका बाटोमा सिधा भएर हिँड्न नसक्ने मान्छे देखियो भने त्यो एमाले होइन भनेर जाने हुन्छ, एमाले नेता तथा कार्यकर्ता बोलीवचनबाट छुट्टिनुपर्छ।’

    समृद्ध नेपाल, सुखी नेपाली बनाउने अभियान एमालेको रहेको भन्दै उनले सुशासनसहित र भ्रष्टाचाररहित देश बनाउन नेकपा एमाले राष्ट्रिय शक्ति निर्माणमा लागेको बताए । एमाले एक्लैले ५१ प्रतिशत ल्याउनेमा ढुक्क हुन कार्यकर्तालाई आग्रह गर्दै उनले भने, ‘मिसन ग्रासरुटमार्फत् एमालेले ५१ प्रतिशत उपलब्धि हात पार्छ।’

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - २०:२७:३५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij