Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

प्रधानमन्त्री प्रचण्डले आज बेलुका बालुवाटारमा सत्ता साझेदार दलसँग छलफल गर्ने

प्रधानमन्त्री प्रचण्डले आज बेलुका बालुवाटारमा सत्ता साझेदार दलसँग छलफल गर्ने


  • 2.2K
    Shares

    प्रधानमन्त्री प्रचण्डले आज बेलुका बालुवाटारमा सत्ता साझेदार दलसँग छलफल गर्ने

    काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बेलुका सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले सत्ता साझेदार दलका नेताहरुसँग मन्त्रिपरिषद् पुनर्गठनका विषयमा परामर्श गर्न लागेका हुन् । ‘

    आज बेलुका प्रधानमन्त्रीज्युले सत्ता साझेदार दलका नेताहरुसँग छलफल गर्ने तयारी गर्नुभएको छ । शीर्ष तहमा प्रधानमन्त्रीज्युले परामर्श गरेपछि  भोलि मन्त्रिपरिषद् पुनर्गठन हुनसक्छ’ प्रधानमन्त्री सचिवालयका एक सदस्यले भने, ‘सरकारमा जाने दलहरुको टुंगो लागिसकेको छ । कसले कुन मन्त्रालय लिने भन्नेमा फाइनल गर्नुपर्ने छ ।’

    माओवादी केन्द्रले प्रधानमन्त्रीसहित पाँच मन्त्रालय, कांग्रेस आठ मन्त्रालय, राष्ट्रिय स्वतन्त्र पार्टी एक राज्यसहित तीन मन्त्रालय, एकीकृत समाजवादी राज्यसहित ३ मन्त्रालय, जसपा २ मन्त्रालय लिनेगरी छलफल भइरहेको छ ।

    यस्तै लोकतान्त्रिक समाजवादी पार्टी९लोसपा० एक, जनमत पार्टी एक र नागरिक उन्मुक्ति पार्टीले एक मन्त्रालय लिनेगरी छलफल चलेको छ । एक सिटे दललाई सहभागी नगराउन सत्ता साझेदार दलका नेताहरुले प्रधानमन्त्रीलाई दबाब दिएका छन् । सरकारमा सहभागी हुने दल धेरै भएकाले एक सिटे दलसहित स्वतन्त्र सांसदलाई सहभागी नगराउन भनिएको हो ।

    प्रकाशित मिति :चैत्र १२ २०७९ आइतवार - १०:०९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij