२०८२ माघ १४ गते बुधवार
काठमाडौँ । नेपाली कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा ८ मन्त्रालयसहित सरकारमा सहभागी हुने भएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा शनिबार बसेको पदाधिकारी बैठकले ८ मन्त्रालयसहित सरकारमा जाने तयारी गरेको हो ।
कांग्रेसले ८ वटा मन्त्रालयको पाउने गरी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल भइरहेको सभापति शेरबहादुर देउवा र उपसभापति खड्काले बैठकमा ब्रिफिङ गरेको छन् ।
कांग्रेसका एक पदाधिकारीका अनुसार साना पार्टीले अस्वभाविक दाबी गरेकाले कांग्रेसलाई ८ भन्दा बढी मन्त्रालय दिन नसक्ने प्रधानमन्त्री प्रचण्डले संकेत गरेको देउवाको ब्रिफिङ थियो । उनले भने, ‘प्रधानमन्त्रीले सबैसँग एकला एक्लै छलफल गरिराख्नु भएको छ । भोलि पर्सीसम्म मन्त्रालयको भागबण्डा टुंग्याउनुहुन्छ । कांग्रेसको भागमा आठवटा मन्त्रालय पर्ला भन्ने छ । प्रधानमन्त्रीले छलफलमा त्यस्तै संकेत गर्नुभएको छ ।’
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij