२०८२ माघ ८ गते बिहिवार
नुवाकोट। नुवाकोटको बेलकोटगढी नगरपालिकाको विभिन्न निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ।
नगरपालिकाको आयोजनामा ३, ४ र ८ नम्बर वडामा सञ्चालन गरिएको शिविरमा तीन सय जनाले सेवा लिएका छन्।
शिविरमा छनौट भएका ७१ जनाको मोतियाविन्दुको शल्यक्रिया गरिएको छ। दृष्टि आँखा केन्द्र कलंकीको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत सूर्य दर्शन रेग्मीले जानकारी दिए।
© 2026 All right reserved to khabarcnter.com | Site By : Sobij