Logo

२०८२ माघ १४ गते बुधवार

२०८२ माघ १४ गते बुधवार

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक

मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक


  • 1.9K
    Shares

    मन्त्रिपरिषद विस्तारबारे छलफल गर्न पेरिसडाँडामा माओवादीको पदाधिकारी बैठक

    काठमाडौँ / नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक पार्टी मुख्यालय पेरिसडाँडामा सुरु भएको हो । 
     
    नयाँ समीकरणअनुसार सरकार विस्तारबारे छलफलकाबीच पार्टी पदाधिकारी बैठक बसेको हो ।शनिबार दिउँसो ४ बजे सुरु भएको बैठकले मन्त्रिपरिषद विस्तार र पार्टीले लिने मन्त्रालय आदि विषयमा छलफल गर्न उक्त बैठक बसेको नेताहरुले बताएका छन् ।

    सत्ता समीकरण फेरिएसँगै हाल मन्त्रिपरिषदमा एमाले र जनमत पार्टीका प्रतिनिधिमात्र छन् । नेपाली कांग्रेससहित सत्ता गठबन्धनमा रहेका दललाई सरकारमा सहभागी गराउनुअघि प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गरेका हुन् ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ केन्द्रदेखि प्रदेशको सत्ता समीकरणमा प्याकेजमा सहमति खोज्ने प्रयासमा छन् । नेताहरुबीच सामूहिक रुपमा तथा दुई पक्षीय वार्ताहरु भइरहेका छन् । तर, सत्ता बाँडफाँडको विषयमा ठोस सहमति हुन सकेको छैन । यसले गर्दा प्रधानमन्त्रीमाथि अझै १६ वटा मन्त्रालयको भार रहेको छ ।

    आज बस्ने बैठकमा सत्ता समीकरणकै विषयमा छलफल केन्द्रित हुने बताइएको छ । बैठकले माओवादीको बटमलाइन तय गर्ने बुझिएको छ ।

    प्रकाशित मिति :चैत्र ११ २०७९ शनिवार - १७:०१:४० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2026 All right reserved to khabarcnter.com | Site By : Sobij