Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने

गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने


  • 2.6K
    Shares

    गण्डकीमा माओवादीले लियो सरकारबाट समर्थन फिर्ता, मन्त्रीहरुले आजै राजीनामा बुझाउने
    images

    पोखरा । गण्डकीमा नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारबाट बाहिरिने निर्णय गरेको छ ।

    शुक्रबार बसेको माओवादी संसदीय दलको बैठकले सरकारबाट समर्थन फिर्ता लिएर मन्त्रीहरुले राजीनामा दिने निर्णय गरेको मन्त्री रेशम जुग्जालीले बताए ।

    नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको सरकारमा माओवादीबाट नेतृत्व गरेका भौतिक पूर्वाधार मन्त्री हरिबहादुर चुमान, उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले केहीबेरमा राजीनामा दिँदैछन् ।

    पर्यटनमन्त्री जुग्जालीका अनुसार सरकारबाट बाहिरिने निर्णय भइसकेको छ भने अहिले नेपाली कांग्रेससँग अगाडि बाटोबारे पनि छलफल भइरहेको छ । मन्त्रीहरुले आजै मुख्यमन्त्री खगराज अधिकारीसामु राजीनामा बुझाउँदै छन् ।

    माओवादीले समर्थन फिर्ता लिएपछि गण्डकीमा मुख्यमन्त्री अधिकारीले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । यदि उनले विश्वासको मत नपाएमा पदमुक्त हुनेछन् ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १४:५३:३८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij