Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

बागमतीका मुख्यमन्त्रीलाई कांग्रेससहित ४ दलले विश्वासको मत दिने

बागमतीका मुख्यमन्त्रीलाई कांग्रेससहित ४ दलले विश्वासको मत दिने


  • 1.7K
    Shares

    बागमतीका मुख्यमन्त्रीलाई कांग्रेससहित ४ दलले विश्वासको मत दिने
    images

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई नेपाली कांग्रेससहितका ४ राजनीतिक दलले विश्वासको मत दिने भएका छन्। 

    ७ राजनीतिक दलको नेतृत्व रहेको बागमती प्रदेशमा सत्ता गठबन्धनमा रहेका ४ राजनीतिक दलहरुले मुख्यमन्त्रीलाई विश्वासको मत दिन लागेका हुन्। 

    माओवादीसहित नेपाली कांग्रेस, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्रीलाई विश्वासको मत दिन लागेका हुन्। 

    यसैगरी एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीले भने विपक्षमा मत दिने निर्णय गरेका छन्। ११० सदस्यीय बागमती प्रदेशमा माओवादीमा २१, कांग्रेसको ३७, एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सिट छ। 

    यो सबै संख्या जोड्दा कुल ६८ हुन आउँछ। मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न ५६ सांसदको समर्थन आवश्यक पर्छ। विश्वासको मतको कार्यक्रम केहीबेरमा सुरु हुने प्रदेश सभा सचिवालयले जनाएको छ। हाल प्रदेश सभा बैठक जारी छ।

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १४:४८:३४ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij