२०८२ मंसिर ३ गते बुधवार
प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीहरुलाई तत्काल आफ्नो कार्यालयमा आउन निर्देशन दिएका छन्। प्रधानमन्त्री दाहालले तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आउन मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरुलाई निर्देशन दिएका हुन्।
प्रधानमन्त्री दाहालले नयाँ आइजीपीको टुङ्गो लगाउन मन्त्रिपरिषद्को बैठक बस्ने समय ४ बजे अगाडि नै मन्त्रीहरुलाई आफ्नो कार्यालयमा बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नयाँ आईजीका लागि हालै बढुवा भएका वसन्त कुँवर, टेकप्रसाद राई, किरण बज्राचार्य र श्यामलाल ज्ञवाली प्रतिस्पर्धामा छन्। अर्का एआईज्ञजी दीपक पछिल्लो ब्याचका हुन्।
आईजीपी धीरजप्रताप सिंहले बिदा लिने तयारी गरिरहेका बेला शुक्रबार नै नयाँ आईजीको टुंगो लाग्नेछ।
प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्तबहादुर कुँवरलाई प्रहरी महानिरीक्षक (आईजीपी) बनाउन भन्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरेका छन्।
शुक्रबार मन्त्रिपरिषद् बैठक बस्नुअघि देउवाले कुँवरलाई आईजीपी बनाउन भन्दै प्रचण्डलाई टेलिफोन गरेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दिएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij