Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

बागमती सरकारबाट बाहिरियो एमाले, ४ मन्त्रीले दिए राजीनामा

बागमती सरकारबाट बाहिरियो एमाले, ४ मन्त्रीले दिए राजीनामा


  • 1.8K
    Shares

    बागमती सरकारबाट बाहिरियो एमाले, ४ मन्त्रीले दिए राजीनामा
    images

    नेकपा एमाले बागमती प्रदेशबाट बाहिरिएको छ। मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिँदै एमाले बाहिरिएको हो। 

    एमालेका चार मन्त्रीहरुले सामूहिक रुपमा सरकारबाट बाहिरिने घोषणा गरे। शुक्रबार बसेको प्रदेश सभा बैठकमा प्रदेशका अर्थमन्त्री एवम् एमाले संसदीय दलका नेता जगन्नाथा थपलियाले एमालेका मन्त्रीहरु सरकारबाट बाहिरिएको घोषणा गरेका हुन्। 

    प्रदेश सभा बैठकमा मुख्यमन्त्री जम्मकट्टेलले विश्वास मत लिने कार्यसूचीमै एमालेले पनि सरकारबाट बाहिरिने घोषणा गरेको हो।बागमतीमा प्रदेश सभामा २७ प्रदेश सभा सदस्य रहेका थिए। जसमध्ये ४ जना मन्त्री थिए।

    थपलियासहित एकालाल श्रेष्ठ श्रम रोजगार तथा यातायात मन्त्री, रामेश्वर श्रेष्ठ स्वास्थ्य मन्त्री र केशवप्रसाद पोखरेल कृषि तथा पशुपन्छी विकासमन्त्री थिए।

    थपलिया पुस २६ गते अर्थ मन्त्रीमा नियुक्त भएका थिए। बाँकी तीन मन्त्रीहरु माघ ११ गते नियुक्त भएका थिए।

     

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १४:१५:५६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij