Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

आजदेखि सुरु भयो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय मेला, के-के छन् प्रदर्शनीमा ?

आजदेखि सुरु भयो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय मेला, के-के छन् प्रदर्शनीमा ?


  • 2.0K
    Shares

    आजदेखि सुरु भयो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय मेला, के-के छन् प्रदर्शनीमा ?
    images

    मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रालिको आयोजनामा तेस्रो नेपाल फाईभ पी अन्तर्राष्ट्रिय प्रदर्शनी मेला सुरु भएको छ। उक्त मेलाको उद्‌घाटन शुक्रबार नेपाली कांग्रेसका महामन्त्री गगन थापाले गरेका छन्।

    IMG-20230324-WA0003.jpg

    मेलाको उद्‌घाटन गर्दै थापाले मेलाले नेपालमा नयाँ प्रविधि भित्र्याउन सहयोग गर्ने बताए। साथै उक्त मेलाले नयाँ काम गर्नेहरुका लागि नयाँ बाटो देखाउन मद्दत हुने उनको भनाइ छ।

    खास गरेर यो क्षेत्रको काम गर्नेहरुलाई नयाँ प्रविधि के कस्तो आयो भन्ने कुरा थाहा पाउन सजिलो भयो र अर्को सानो स्केलमा नयाँ काम गर्छु भन्ने युवाहरुका लागि यहाँ आएर थोरै लगानीमा पनि काम गर्न सकिन्छ भन्ने शिक्षा यस प्रदर्शनीले दिन्छ भन्ने मलाई लागछ,’ थापाले भने।

    IMG-20230324-WA0008.jpg

    मेला यही चैत १२ गतेसम्म भृकुटीमण्डप, काठमाडौंमा रहने छ। मेलाको प्रदर्शनीमा स्वदेशी तथा विदेशी कम्पनीहरुका १५० भन्दा बढी स्टल रहेका छन्।

    5p.jpg

    नेपाल फाईभ पी देशभर रहेका प्लास्टिक, पेपर, प्रिन्टिङ्, प्याकेजिङ् र प्रोसेसिङ्सँग सरोकार राख्ने व्यापार व्यवसायहरुलाई एकै ठाँउ ल्याएर व्यापार साझेदारी, नवीनतम प्रविधि प्रदर्शन र संवाद गर्न साझा मञ्च प्रदान गर्ने एक मात्र उद्योग – व्यापार विषेश अन्तर्राष्ट्रिय प्रदर्शनी  रहेको आयोजक बताउँछन्।

    प्रदर्शनीमा देशभरीबाट बढीभन्दा बढी उद्यमी, अनुसन्धानकर्ता, संघ संस्थाका प्रतिनिधि आदिले आधुनिक प्रविधिहरुको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने विश्वास लिइएको आयोजकको भनाइ छ।

    IMG-20230324-WA0002.jpg

    प्रदर्शनीमार्फत् ती पाँच विधामा सञ्चालन भएका उद्योग र व्यापार व्यवसायहरूलाई निर्यातका नयाँ अवसरहरु, नवीनतम प्रविधिसँग सात्क्षात्कार गराउनुका साथै विभिन्न उद्योगहरुबिच प्रविधि साटासाट र सहकार्य गर्न प्रोत्साहित गर्ने आयोजकले विश्वास लिएका छन्।

    यस अन्तर्रास्ट्रिय प्रदर्शनीमा सहआयोजकका रुपमा नेपाल मुद्रण उद्योग महासंघ तथा सहयोगी संस्थाको रुपमा नेपाल कोरोगेटेड बक्स उत्पादक संघ रहेका छन्।

    5p1.jpg

    प्रदर्शनीमा प्लास्टिक प्रोसेसिङ् मसिनरीका उत्पादकहरु, स्क्रिन प्रिन्टिङ्, ईन्डक्सन मोल्डिङ् मसिन, प्रिन्टिङ् मसिन, टेप, प्लास्टिक हिटर, अफिस स्टेशनरी मसिनरी, प्रिन्टिङ् स्पेर पार्टस, पेपर मसिनरी, पेपर कप मसिनरी, सबै खालका कागज र स्पेर पार्टस, प्याकेजिङ् मसिनरी, लेबल उत्पादक, कोरुगेटेड बक्स उत्पादक लगायतका संस्थाहरुको सहभागिता थियो।

    सप्लायर्स र उत्पादकहरुको साझा मञ्च मात्र नभएर नेपाल फाईभ पीले समृद्ध नेपालको रेखांकनमा पनि उत्तिकै योगदान पुर्‍याउनुका साथै संसारभरिका उत्कृष्ट प्रविधि र प्रयासहरुलाई भित्राउने नेपाल आयोजकको भनाइ छ। 

    प्रकाशित मिति :चैत्र १० २०७९ शुक्रवार - १३:५९:०७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij