Logo

२०८२ भाद्र ३ गते मंगलवार

२०८२ भाद्र ३ गते मंगलवार

अदालतले भारती र उनका पतिलाई १३ दिनको न्यायिक हिरासतमा पठाइयो

अदालतले भारती र उनका पतिलाई १३ दिनको न्यायिक हिरासतमा पठाइयो


  • 7.5K
    Shares

    अदालतले भारती र उनका पतिलाई  १३ दिनको न्यायिक हिरासतमा पठाइयो

    भारतीय हास्य कलाकार भारती र उनका पति हर्षलाई १३ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ।

    भारतको लागू औषध नियन्त्रण ब्यूरो (नार्कोटिक्स कन्ट्रोल ब्यूरो)ले उनीहरूको घर तथा कार्यालयमा गाँजा बरामद गरेपछि शनिबार पक्राउ गरेको थियो । उनीहरू अब ४ डिसेम्बरसम्म न्यायिक हिरासतमा रहनेछन् ।

    दुबैले जमानतका लागि अदालतमा याचिका दायर गरेका छन् । याचिकामाथि आज सुनुवाइ हुँदैछ । एनसिबीले उनीहरूको घर तथा कार्यालयबाट ८६.५ ग्राम गाँजा बरामद गरेको थियो । पक्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले गाँजा सेवन गर्ने गरेको स्वीकार गरेका छन् ।

    भारतीय कानुन अनुसार उनीहरूबाट बरामद भएको गाँजाको मात्रा थोरै हो। भारतमा एक हजार ग्राम गाँजालाई थोरै मानिन्छ । यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ । एजेन्सी

    प्रकाशित मिति :मंसिर ८ २०७७ सोमवार - ११:११:४५ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij