Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

त्रिविको परीक्षा केन्द्र सार्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनको आपत्ति

त्रिविको परीक्षा केन्द्र सार्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनको आपत्ति


  • 1.8K
    Shares

    त्रिविको परीक्षा केन्द्र सार्ने निर्णयप्रति संयुक्त विद्यार्थी संगठनको आपत्ति
    images

    काठमाडौँ । त्रिभूवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले परीक्षा सार्ने निर्णयविरुद्ध तीन विद्यार्थी संगठनहरूले आपत्ति जनाएका छन् । नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूले परीक्षा केन्द्र सार्ने निर्णय तत्काल फिर्ता लिन माग गरेका हुन् । 

    परीक्षा प्रणालीलाई व्यवस्थित र मर्यादित बनाउनुपर्नेमा विद्यार्थीहरूलाई मनोवैज्ञानिक रुपमा असर पर्ने गरी स्नातक तह चौथो वर्षको परीक्षा केन्द्र सार्ने निर्णय गरेको भन्दै उनीहरूले आपत्ति जनाएका हुन् । १२ चैत २०७९ बाट चौथो वर्षको परीक्षा सञ्चालन हुँदैछ ।

    भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुःख दिने मनसायका साथ विद्यार्थीले अध्यनरत क्याम्पसभन्दा धेरै टाढा परीक्षा केन्द्र राख्ने निर्णय तत्काल सच्याउन माग गरेका छन् ।

    तत्काल विद्यार्थीलाई दुःख दिने मनसायकासाथ गरिएको परीक्षा केन्द्र टाढा सार्ने निर्णय नसच्याए संघर्ष गर्न बाध्य हुने उनीहरूको चेतावनी छ ।

    student_nNeiQ1RvTj.webp

    प्रकाशित मिति :चैत्र ९ २०७९ बिहिवार - ११:४६:०६ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij