Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

फेरि रोक्यो बञ्चरेडाँडाका स्थानीयले काठमाडौंको फोहोर

फेरि रोक्यो बञ्चरेडाँडाका स्थानीयले काठमाडौंको फोहोर


  • 372
    Shares

    फेरि  रोक्यो बञ्चरेडाँडाका स्थानीयले  काठमाडौंको फोहोर
    images

    काठमाडौं । काठमाडौं उपत्यकाका फोहोर विसर्जन फेरि रोकिएको छ । काठमाडौं महानगरपालिकासहित उपत्यकाका पालिकाहरूले विसर्जन गर्दै आएको बञ्चरेडाँडा सेनेटरी ल्याण्डफिल साइटमा स्थानीयले अवरोध गर्ने भएपछि काठमाडौंबाट गाडी नै नहिँडेका हुन् ।

     ‘उपत्यकाबाट फोहोर बोकेर बञ्चरेडाँडा हिँडेको २५० टिप गाडी रोकिएका छन् । स्थानीयले सवारी चालकहरूलाई फोहोर बोकेर नआउन भनेपछि हाम्रो गाडीहरू रोकिएको छ,’ फोहोरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्र घिमिरेले भने । 

    बञ्चरेडाँडाका स्थानीय विश्वास ढुंगाना माग पुरा नभएको भन्दै स्थानीयले अवरोध गरेको बताएका छन् ।  ‘हाम्रा साथीहरूले फोहोर रोक्न लागिरहेका छन् । राज्यले सधैँ झुक्क्याएपछि हामीले यो कदम चालेका हौँ,’ उनले भने ।  काठमाडौं महानगरपालिकाबाट दैनिक करिब ७ सय टन फोहोर बञ्चरेडाँडामा जाने गरेको छ  भने  अन्य पालिकाबाट ७ सय टन  गरी जम्मा १४ सय टन फोहोर दैनिक बञ्चरेडाँडा जाने गरेको छ । 

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - ११:२८:२८ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij