Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

बाँकेमा खुकुरी प्रहार : ६ वटा ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ

बाँकेमा खुकुरी प्रहार : ६ वटा ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ


  • 365
    Shares

    बाँकेमा खुकुरी प्रहार : ६ वटा ज्यान मार्ने उद्योगका अभियुक्त पक्राउ
    images

    काठमाडौं । बाँकेमा खुकुरी प्रहार गरी फरार भएका एक व्यक्ति सात महिनापछि पक्राउ परेका छन् ।

    पक्राउ पर्नेमा सरोज भनिने विक्रम बिष्ट छन् । उनलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले मंगलबार नेपालगञ्जबाट पक्राउ गरेको हो ।

    विष्टसहित तीन जनाको समूहले १५ चैत २०८१ मा एक युकरमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरी फरार भएका राप्तीसोनारी गाउँपालिका-२ का बिष्टमाथि ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान अघि बढाइएको बाँकेका एसपी अंगुर जिसीले बताए ।

    पक्राउ परेका बिष्टविरुद्ध यसअघि ६ वटा कसुरमा मुद्दा चलेको भेटिएको छ । ६ असार २०७६ मा इलाका प्रहरी कार्यालय कोहलपुरबाट ज्यान मार्ने उद्योगको कसुर, कोहलपुरबाटै २ माघ २०७६ मा सार्वजनिक सम्पत्ति तोडफोडको कसुरमा मुद्दा चलेको थियो ।

    २ साउन २०७७ मा जिल्ला प्रहरी कार्यालउ बाँकेबाट ज्यान मार्ने उद्योगको कसुर, ७ माघ २०७७ मा अर्को ज्यान मार्ने उद्योगको कसुर, २० चैत २८० मा ज्यान मार्ने उद्योगको कसुर र २८ असार २०८१ मा बाँकेबाटै ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा चलेको भेटिएको छ ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १२:३६:२० बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij