Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

आठ हजारबढी पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण

आठ हजारबढी पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण


  • 246
    Shares

    आठ हजारबढी पर्यटकले गरे मनास्लु क्षेत्र भ्रमण
    images

    काठमाडौं । चालु आर्थिक वर्षको साउन यता ८ हजार ५४४ पर्यटकले गोरखाको मनास्लु क्षेत्र भ्रमण गरेका छन् । मनास्लु क्षेत्रमा कात्तिकमा मात्र चार हजार २४७ पर्यटक भित्रिएका मनास्लु संरक्षण क्षेत्र आयोजनाले जनाएको छ । 

    एमक्याप प्रमुख सन्तोष शेरचनका अनुसार असोजमा तीन हजार ४४२, भदौमा ७७९ र साउनमा ७६ जना पर्यटक मनास्लु क्षेत्र भ्रमण गर्न आएका छन् । उनले भने “साउनदेखि कात्तिकसम्ममा आठ हजार ५४४ जना आएकामा त्यसमा एक सय ४२ जना नेपाली पर्यटक छन् । गत आर्थिक वर्ष २०८१\८२ मा यहाँ १२ हजार ५१२ जना पर्यटक भित्रिएकामा यो वर्ष त्यसभन्दा बढी पर्यटक आउने अपेक्षा गरिएको छ ।

    मनास्लु क्षेत्र प्रवेशका लागि सार्क राष्ट्रका पर्यटकले प्रतिव्यक्ति रु एक हजार र अन्य राष्ट्रका पर्यटकले रु तीन हजार बुझाउनुपर्ने व्यवस्था छ । पर्यटकले काठमाडौँको भृकुटीमण्डप र पोखराको ड्यामसाइटस्थित ‘काउन्टर’मा प्रवेश दस्तुर बुझाउनुपर्ने व्यवस्था गरिएको छ । यी दुवै ठाउँमा शुल्क नबुझाएका पर्यटकले एमक्यापको जगत र सामागाउँस्थित ‘चेकपोष्ट’मा दोब्बर दस्तुर तिर्नुपर्ने प्रावधान छ । नेपाली पर्यटकको हकमा भने प्रतिव्यक्ति रु १०० प्रवेश शुल्क तोकिएको छ । 

    निषेधित क्षेत्र मानिएकाले मनास्लु संरक्षण क्षेत्र भ्रमणका लागि पर्यटकले अध्यागमन विभागबाट पनि अनुमति लिनुपर्ने प्रावधान छ । विभागले चुम र नुब्री भ्याली भ्रमणका लागि एक हप्ताको अनुमति दिने गर्दछ । 

    उक्त अवधिभर चुमभ्यालीका लागि ‘सिजन’ मा पर्यटकले प्रतिव्यक्ति ५० डलर बुझाउनुपर्ने हुन्छ भने अन्य समयमा २५ डलर मात्र बुझाउनुपर्ने हुन्छ । यस्तै, नुव्री भ्यालीका लागि ‘सिजन’मा प्रतिव्यक्ति ७० डलर र ‘बेसिजन’ मा ३५ डलर बुझाउनुपर्ने प्रावधान छ । एक हप्ताबाहेक थप दिन भ्रमण गर्न चाहेमा थप शुल्क बुझाउने व्यवस्था छ ।

     मनास्लु क्षेत्रअन्तर्गत चुमनुब्री गाउँपालिकाका सात वटा वडा पर्छन् । साविकका सिर्दिबास, ल्हो, प्रोक, बिही, सामागाउँ, चुम्चेत र छेकम्पार गाविसलाई संरक्षण क्षेत्रले समेटेको छ । 

     

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १३:२७:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij