Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

हरियालीयुक्त गाउँ बनाउने अभियानमा डा बाबुराम भट्टराई

हरियालीयुक्त गाउँ बनाउने अभियानमा डा बाबुराम भट्टराई


  • 1.7K
    Shares

    हरियालीयुक्त गाउँ बनाउने अभियानमा डा बाबुराम भट्टराई
    images

    नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराई गाउँलाई हरियालीयुक्त र प्रदुषणमुक्त अभियानमा लागेका छन्। पूर्व प्रधानमन्त्रीसमेत रहेका डा भट्टराईले गृह जिल्ला गोरखाबाट उक्त अभियान थालेको जनाएका छन्। 

    बुधबार डा भट्टराईले सामाजिक सञ्जालमार्फत् उक्त अभियानको थालनी गरेको जनाएका हुन। उनले भनेका छन, ‘सहरको ग्रामिणीकरण हैन, गाउँको सहरीकरण गरौं।’

    उनले थप भनेका छन्, ‘सेवासुविधा र अवसरको खोजीमा गाउँबाट सहर पस्ने हैन, सेवासुविधा (सडक, विजुली, खानेपानी, शिक्षा, स्वास्थ्य, संचार, बैंक) गाउँ पुर्‍याएर गाउँमै उत्पादनशील रोजगारी तथा स्वस्थ जीवनयापनको वातावरण बनाऊँ! गाउँलाई नै हरियालीयुक्त र प्रदूषणमुक्त सहर बनाऊँ।’ 

    उनले सबैले आफैंबाट यस्ता अभियान सुरु गर्न आग्रह गर्दै आफू उक्त अभियानमा लागेको जानकारी दिएका छन्।

    प्रकाशित मिति :चैत्र ८ २०७९ बुधवार - ११:२६:४३ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij