Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

घुस लिएर शिक्षक नियुक्ति गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएर शिक्षक नियुक्ति गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा


  • 421
    Shares

    घुस लिएर शिक्षक नियुक्ति गरेको आरोपमा प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा
    images

    काठमाडौं । घुस लिएको आरोपमा रौतहका एक जना प्रधानाध्यापकविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

    जय किसान माध्यमिक विद्यालय धरहरीका प्रधानाध्यापक सञ्जय प्रसादविरुद्ध मुद्दा दायर भएको हो ।

    करारमा शिक्षक नियुक्ति गरिदिने भन्दै सेवाग्राहीसँग ४ लाख ५० हजार रुपैयाँ घुस लिएको पाइएपछि उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।

    अरविन्दप्रकाश साह कानुसँगको मिलोमतोमा प्रअ सञ्जयले मावि तहको विज्ञान विषयको करार शिक्षक नियुक्तिमा प्रश्नपत्र उपलब्ध गराएर नियुक्ति दिलाइदिने प्रलोभन देखाएर घुस लिएको आयोगको आरोप छ ।

    दुवै जनामाथि सोही रकम बराबर बिगो दाबी सहित मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

    प्रकाशित मिति :मंसिर ३ २०८२ बुधवार - १७:०३:१७ बजे
    प्रतिक्रिया

    खबरसेन्टर

    Admin Of Khabar Center.

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij