२०८२ मंसिर ३ गते बुधवार
काठमाडौं । नेविसंघको त्रिभुवन विश्वविद्यालय समितिको अध्यक्षको जिम्मेवारी तीन जनालाई दिइएको व्यहोराको पत्र सार्वजनिक भएको छ ।
नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले विष्णुबहादुर बडैला, दीपकराज जोशी र गणेश भण्डारीलाई अध्यक्षको जिम्मेवारी दिएको व्यहोराको पत्र सार्वजनिक भएको हो ।
तर केन्द्रीय अध्यक्ष शेर्पाले भने अध्यक्षमा मनोनित गरिएको भनिएका तीनैजना आधिकारिक नभएको बताएका छन् । केही दिनमा अध्यक्ष मनोनित गरिने उनले बताए ।
अध्यक्ष शेर्पाले सुरुमा कैलालीका विष्णुबहादुर बडैलालाई अध्यक्षमा मनोनीत गरेका थिए । तर पछि दीपक र गणेशलाई पनि अध्यक्षमा मनोनीत गरेको पत्र सार्वजनिक भयो ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij