२०८२ भाद्र १० गते मंगलवार
निसानको आधिकारिक विक्रेता पायोनियर मोटो कर्प प्रा.लि.ले विक्री गर्दै आएको गाडीमा नबिल बैंकले कर्जा दिने भएको छ। बैंक र पायोनियरबीच भएको सम्झौताअनुसार अब निसानका गाडीमा खरिद गर्ने ग्राहकहरुले नबिल बैंकबाट सहजै कर्जा लिन सक्नेछन्।
दुई संस्थाबीच भएको सम्झौँता पत्रमा बैंकको तर्फबाट कर्पोरेट हेड चाँदनी श्रेष्ठ र पायोनियर मोटो कर्प प्रा.लि.को तर्फबाट सह-महाप्रबन्धक ज्ञानेन्द्र बहादुर चन्दले हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि निसानले उत्पादन गरेका गाडीहरुमा खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी ब्याजदरमा सवारी साधन कर्जा उपलब्ध गराउने जारी विज्ञप्तिमा उल्लेख छ।
यो सहयोगले निसानबाट गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई सुलभ र सहज वित्तीय सेवाहरू प्रदान गर्न लक्ष्य राखेको छ।सम्झौता अनुसार, योजना सबै नबिल बैंकका सबै शाखाहरूबाट ग्राहकहरूलाई गाडीको लागि सुलभ ऋण सुविधाहरू सजिलो उपलब्ध हुनेछ।
ईभीको लागि बेस रेट + ३.५० प्रतिशतदेखि ५.०० प्रतिशत हुनेछ भने ७ वर्षको अवधि हुनेछ। केवल २० प्रतिशतको डाउन पेमेन्टमा, ग्राहकहरू अब निसान ईभीको मालिक हुन सक्छन्।
अहिले नबिल बैंकको देशभर रहेका २४८ शाखाबाट नै कर्जा सुविधा ग्राहकले लिन सक्नेछन्। ऋणलाई नेपाल राष्ट्र बैंकको सम्बन्धित निर्देशिका र निर्देशनहरूसँग समायोजन गरिएको छ। योजना पायोनियर मोटोकोर्पको आधिकारिक ब्रिक्रेता र नबिल बैंकका सबै शाखाहरुबाट नेपालभर लागू हुने जनाइएको छ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij