२०८२ मंसिर ३ गते बुधवार
ललितपुर महानगरपालिका १ वडाले वडावासीहरुको व्यक्तित्व विकास र वाक कला विकास गर्नको लागि आजबाट ७ दिने उद्घोषण तालिम सुरु गरेको छ । कुम्भेश्वर सामुदायिक अध्ययन केन्द्र सहयोगमा सञ्चालन गरिएको तालिमको आइतबार एक कार्यक्रमका बीच उद्घाटन गरिएको हो ।
उक्त अवसरमा वडामा रहेका महिला तथा पुरुषहरुको आत्मविश्वास र क्षमता वृद्धि गर्नका लागि तालिम सञ्चालन गरिएको वडा नम्बर १ का वडा अध्यक्ष निर्मल तण्डुकारले जानकारी दिए । अझै पनि समाजमा खुलेर बोल्न नसक्दा त्यसको प्रत्यक्ष असर समाजको विकास र स्तरोन्नतिका लागि पर्ने भएकाले यस्ता तालिमहरुको आवश्यकता पर्ने बताए ।
तालिम सञ्चालनको पहिलो दिन सहभागीहरुलाई उद्घोषणसम्बन्धी विभिन्न विषयमा अनुप शाक्यले प्रशिक्षण दिएका थिए । कार्यक्रम संयोजन एवम् वडा सदस्य अञ्जना कार्कीको अध्यक्षतामा सञ्चालन भएको तालिमको सञ्चालन अधिकृत छैठौं सन्तोष पौडेलले गरे ।
७ दिन सम्म सञ्चालन हुने उक्त तालिमको पहिलोे दिन ३२ जना प्रशिक्षार्थीहरु सहभागी भएका थिए । आफूहरुलाई मध्यनजर गरी सञ्चालन गरिएको तालिमले थप आत्मविश्वास बढाउने अपेक्षा लिएको तालिममा सहभागीहरुले बताएका छन् ।
© 2025 All right reserved to khabarcnter.com | Site By : Sobij