Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

एनओजी (एन्टर्क ओनर्स ग्रुप) काठमाडौँ च्याप्टर राइड सम्पन्न

एनओजी (एन्टर्क ओनर्स ग्रुप) काठमाडौँ च्याप्टर राइड सम्पन्न


  • 1.8K
    Shares

    एनओजी (एन्टर्क ओनर्स ग्रुप) काठमाडौँ च्याप्टर राइड सम्पन्न
    images

    काठमाडौँ । जगदम्बा मोटर्सले नक्साल शोरुमदेखि नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

    टिभिएस मोटर कम्पनीको लागि नेपालको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले यस राइड नक्साल शोरुमबाट शुरु भएर नगरकोट (नगरकोट सांग्रिला रिसोर्ट) सम्म पुगेर समापन भएको थियो ।

    उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेलहरु खेलाइएको थियो । साथै सहभागी सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

    करिब ५० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

    उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १३:४५:४९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij