Logo

२०८२ मंसिर ३ गते बुधवार

२०८२ मंसिर ३ गते बुधवार

१५ वर्षीया विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा शिक्षक पुर्पक्षका लागि जेल चलान

१५ वर्षीया विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा शिक्षक पुर्पक्षका लागि जेल चलान


  • 1.7K
    Shares

    १५ वर्षीया विद्यार्थीलाई यौनशोषण गरेको आरोपमा शिक्षक पुर्पक्षका लागि जेल चलान
    images

    आफ्नै विद्यार्थीलाई महिनौंदेखि यौन शोषण गरेको अभियोगमा एक जना शिक्षक पुर्पक्षका लागि कारागार पुगेका छन्। चितवनको भरतपुरकी १५  वर्षकी बालिकालाई ८ महिनादेखि लगातार यौन शोषण गरेको अभियोगमा शिक्षक सन्तोष क्षेत्रीलाई पुर्पक्षको लागि थुनामा पठाइएको हो।

    भरतपुर महानगरपालिका–१२ घर भएका शिक्षक क्षेत्रीले नर्सिङको तयारी कक्षा पढाएको विद्यार्थीलाई यौन शोषण गरेको जाहेरी परेको थियो। १४ वर्षको उमेरमा नर्सिङको तयारी कक्षा पढ्न गएकी बालिका शिक्षकले करिब ८ महिनासम्म आफूलाई धम्काएर यौन शोषण गरेको भन्दै जिल्ला प्रहरी कार्यालय पुगेकी थिइन्।

    चितवन जिल्ला अदालतका न्यायाधीश बासुदेव न्यौपानेको एकल इजलासले क्षेत्रीलाई प्रमाणका आधारमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको हो। उनलाई सोमबार नै जिल्ला कारागार पठाइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

    गत माघदेखि काभ्रेको भुम्लु गाउँपालिकामा रहेको शारदा माध्यमिक विद्यालयमा माध्यमिक स्थायी दरबन्दीमा विज्ञान विषय पढाउन गएका क्षेत्रीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो।

    यौन शोषणमा परेकी पीडित बालिकाले गत फागुन ५ गते जिल्ला प्रहरी कार्यालय चितवनमा एक्लै गएर आफूमाथि भएको पटक-पटकको यौन यातनाबारे जानकारी गराएकी थिइन्। त्यसपछि मात्रै उनको परिवारले समेत छोरीमाथि भएको यौन यातनाबारे जानकारी पाएका थिए। 

    बालिकाले जाहेरीमा शिक्षक क्षेत्रीले १४ वर्षको उमेरदेखि यौन शोषण गर्दै आएका जाहेरीमा उल्लेख गरेकी छन्। उनी गत मंसिर १४ गतेदेखि १५ वर्ष लागेकी छन्। भरतपुर-१२ घर भए पनि भरतपुर-१० मा डेरा लिएर शिक्षक क्षेत्रीले यौन शोषण गर्दै आएको उनले बताइन्। शिक्षकले पटक-पटक आफूमाथि बलात्कार गरेको बालिकाले जाहेरीमा उल्लेख गरेकी छन्।

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - १३:२७:०१ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij