Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

बेल्जियममा ‘नेपाल फेस्टिभल’ हुँदै

बेल्जियममा ‘नेपाल फेस्टिभल’ हुँदै


  • 1.7K
    Shares

    बेल्जियममा ‘नेपाल फेस्टिभल’ हुँदै
    images
    बेल्जियममा ‘नेपाल फेस्टिभल–२०२३’ हुने भएको छ । गैरआवासीय नेपाली संघ बेल्जियम शाखाले नेपाली नयाँ वर्ष ०८० को अवसर पारी १५ अप्रिलमा नेपाल फेस्टिभल आयोजना गर्न लागेको हो ।

    संघको स्थापनादेखि नै प्रत्येक वर्ष आयोजना हुँदै आइरहेको नेपाल फेस्टिभलको मुख्य उद्देश्य युरोपेली बजारमा नेपाली उत्पादन, कला–संस्कृति र पर्यटनको प्रवद्र्धन गर्ने रहेको मेला संयोजक एवं एनआरएन बेल्जियम शाखा उपाध्यक्ष तीर्थराज धमलाले जानकारी दिए ।

    ‘नेपाली खाद्य सामग्रीदेखि हस्तकलाका विभिन्न सामग्रीलाई प्रवासमा आफू बसेको समुदायबीच प्रवद्र्धन गर्ने हो,’ उनले भने, ‘नेपाल फेस्टिभल आयोजना गर्र्नुमा नेपाली उत्पादनलाई प्रवासमा आफू बसेको समुदायमा प्रवद्र्धन गर्ने, स्थानीय समुदायमा नेपाली मौलिक खानाको प्रचारप्रचार गर्ने र कला–संस्कृतिको एउटै स्टेजबाट प्रमोसन गर्ने गरी मुख्य तीन उद्देश्य रहेको छ ।’

    यस्तै, ‘नेपाल प्रमोसन’अन्तर्गत नेपालको पर्यटन प्रवद्र्धन गर्नेसमेत उद्देश्य रहेको उनको भनाइ छ । फेस्टिभलमार्फत नेपाली उत्पादनको बजार विस्तारका साथै बिक्री–वितरण पनि गरिनेछ । साथै, दोस्रो–तेस्रो पुस्ताका नेपाली बालबालिकालाई आगामी नेतृत्वका लागि एनआरएनमा सहभागी गराई उनीहरूभित्रको क्षमतालाई हौसला पनि दिने आयोजकले जनाएको छ । 

    नेपाल फेस्टिभलको सहकार्यमा नेपाली दूतावास बेल्जियम (ब्रसेल्स), स्थानीय लुभेन नगरपालिका र आएआइएफ रहेका छन् । फेस्टिभलमा गायक धीरज राईलगायत अन्य प्रतिभाको प्रस्तुति रहने आयोजकको भनाइ छ । 

    प्रकाशित मिति :चैत्र ७ २०७९ मंगलवार - ११:३०:१२ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij