Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

राप्रपाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र

राप्रपाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र


  • 1.4K
    Shares

    राप्रपाले बुुझायो प्रधानमन्त्रीलाई ज्ञापन पत्र
    images

    राष्ट्रिय प्रजातन्त्र पार्टी हुम्लाले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुुझाएको छ। सरकारले मलको मूल्य वृद्धि र अनुदान घटाउने निर्णय गरेको विरोधस्वरुप उक्त ज्ञापन पत्र बुुझाएको हो।

    राप्रपा हुम्लाका अध्यक्ष विकास महतले कृषि तथा पशुपन्छी मन्त्रालयले रासायनिक मलको मूल्यमा गरेको वृद्धि र मल खरिदमा किसानलाई दिँदै आएको अनुुदान घटाउने कार्य गरेको विरोधमा प्रमुख जिल्ला अधिकारी श्रीनाथ पौडेलमार्फत प्रधानमन्त्रीको कार्यालयलाई ज्ञापन पत्र पेस गर्ने कार्य भएको बताए।

    राप्रपा हुम्लाले प्रधानमन्त्रीलाई पठाएको ज्ञापन पत्रमा किसानले रासायनिक मलमा पाउँदै आएको अनुुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुुचित भएको उल्लेख गरेको छ।

    त्यसैगरी ज्ञापनपत्रमा कृषिजन्य वस्तुको उत्पादन लागत बढेको अवस्थामा यसले किसानलाई उत्पादन लागत बढाई छिमेकी देशहरूको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने थप जोखिम बढाएको उल्लेख छ।

    मागबमोजिम खेती गर्ने समयअगावै मल आपूर्ति गर्न नसकिएको अवस्थामा गरिएको अनुदान कटौतीको निर्णयप्रति राप्रपा घोर आपत्ति व्यक्त गर्ने कुरा उल्लेख गरिएको छ। ज्ञापनपत्र बुुझ्दै प्रजिअ पौडेलले माथिल्लो निकायमा अगाडि बढाउने प्रतिबद्धता जनाएका थिए। सो ज्ञापनपत्र बुुझाउन राप्रपाको एक टोली प्रशासन कार्यालयमा गएको थियो।

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १७:०३:५० बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij