Logo

२०८२ मंसिर ४ गते बिहिवार

२०८२ मंसिर ४ गते बिहिवार

तनहुँ र बारामा पनि १० वैशाखमै उपनिर्वाचन हुने, चैत २० मा उम्मेदवारी दर्ता

तनहुँ र बारामा पनि १० वैशाखमै उपनिर्वाचन हुने, चैत २० मा उम्मेदवारी दर्ता


  • 1.7K
    Shares

    तनहुँ र बारामा पनि १० वैशाखमै उपनिर्वाचन हुने, चैत २० मा उम्मेदवारी दर्ता
    images

    निर्वाचन आयोगले तनहुँ निर्वाचन क्षेत्र नम्बर १ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा पनि आउँदो १० वैशाखमै उपनिर्वाचन गर्ने निर्णय गरेको छ। यसअघि आयोगले १० वैशाखमा चितवन निर्वाचन क्षेत्र नम्बर २ मा उपनिर्वाचन गर्ने निर्णय गरिसकेको छ। 

    तनहुँ–१ बाट निर्वाचित नेपाली कांग्रेसका सासंद रामचन्द्र पौडेल राष्ट्रपति र बारा–२ बाट निर्वाचित जसपा सांसद रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन हुने तय भएको हो।

    चितवन–२ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछानेले नागरिकता प्रकरणमा सांसद पद गुमाएपछि उपनिर्वाचन हुने तय भइसकेको थियो। 

    आयोगले यसअघि चितवन–२ का लागि सार्वजनिक गरेको कार्यतालिका अनुसार नै तनहुँ–१ र बारा–२ मा उपनिर्वाचन गर्ने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए। 

    आयोगले यसअघि नै  चैत १६ गते उपनिर्वाचन प्रयोजनका लागि आयोगबाट स्वीकृत अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका तय गरिसकेको छ। कार्यतालिका अनुसार चैत १८ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, २० गते उम्मेदवारको मनोनयन दर्ता र २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गरिनेछ।

    उपनिर्वाचन भाग लिन चाहने राजनीतिक दलहरुलाई चैत ८ गते देखि चैत १२ गतेसम्म दल दर्ताको समय तोकिएको छ। नेपालको संविधानको धारा २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन २०७३ बमोजिम दफा ४८ र ४९ बमोजिम राजनीतिक दल दर्ता गर्नुपर्ने आयोगका सहप्रवक्ता अर्यालले बताए। 

    हेर्नुहोस्, विज्ञप्ति :

    null

    प्रकाशित मिति :चैत्र ६ २०७९ सोमवार - १६:५५:३९ बजे
    प्रतिक्रिया

    खबरसेन्टर डेस्क

    सम्बन्धित समाचार

    © 2025 All right reserved to khabarcnter.com | Site By : Sobij